‘पार्टी फुट्न लाग्यो, सहयोग गर्नुपर्यो’
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटको संघारमा पुगेको बताएका छन् ।
आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा झण्डै साढे दुई घण्टा लामो छलफलमा ओलीले नेपाललाई पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् । ‘पार्टी फुटको संघारमा छ’ प्रधानमन्त्री ओलीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘पार्टीलाई जोगाउनुपर्यो, मलाई सहयोग गर्नु भन्नुभयो ।’
बैठकमा नेता नेपालले भने पार्टीमा विवादको कारक नै ओली रहेको औल्याउँदै सच्चिन र फराकिलो सोच बनाएर नेतृत्व गर्न आग्रह गरेको स्रोतले बताएको छ । आजको छलफलमा भीम रावल, रघुजी पन्त र सुरेन्द्र पाण्डे पनि सहभागी थिए ।
नेकपामा पछिल्लोसमय आन्तरिक विवाद चर्किएको छ । शनिबार मात्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नेपालसहित ५ जना सचिवालय सदस्यले ओलीलाई भेटेर बैठक बोलाउन लिखित माग गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस