काठमाडौं - रुसमा ७.५ रेक्टर स्केलको भुकम्प गएको छ ।

ग्लोबल न्युजका अनुसार दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ ।

प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।