काठमाडौं - काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।