सचिवालय बैठक: नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने निर्णय
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय गरेको छ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ।
बैठकले नेपालीसँग विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए।
प्रवक्ता श्रेष्ठले संसदमा विचाराधीन गरिकता विधेयकका कतिपय प्रावधानहरूका बारेमा बैठकमा छलफल भएको जानकारी दिए।
‘नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्नसक्ने अंगीकृत नागरिकताको प्रवधानबारे छलफल गरेर निष्कर्ष निकालिएको
र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशी नागरकिता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागरिकताका प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो’, प्रवक्ता श्रेष्ठले भने।
फेसबुक पेज Like गर्नुहोस