युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने
काठमाडौं-सरकारले युटुबलाई अनलाइन सञ्चार माध्यमको मान्यता दिइने भएको छ ।
अनलाइन सञ्चार माध्यमको परिभाषामा युटुब समेत पर्ने गरी छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको हो ।
सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ ।
मंगलबार प्रतिनिधि सभाबाट पारित केही नेपाल ऐन संशोधन विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा संशोधन गरेर अनलाइन सञ्चार माध्यमको परिभाषालाई समेटेको छ ।
यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।
समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस