मौन अवधिमा कांग्रेसविरुद्ध सुनियोजित आक्रमण भयो : गगन थापा
काठमाडौं - निर्वाचनको मौन अवधिमा पार्टीविरुद्ध भ्रामक सूचना र हेरफेर गरिएका सामग्री फैलाइएको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले कडा आपत्ति जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेपाली कांग्रेसका सभापति थापाले आफू र पार्टीका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा ‘फेक’ सामग्री प्रसारण भइरहेको बताएका हुन् ।
'मौन अवधिमा समेत म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा फैलाइँदै छन्,' उनले उल्लेख गरेका छन् ।
थापाका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। उनले गलत सूचना विरुद्ध सचेत र जिम्मेवार सहभागिता आवश्यक रहेको बताएका छन्।
उनले विशेषगरी ँफेसबुक, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा देखिने भ्रामक सामग्री तुरुन्त ‘रिपोर्ट’ गर्न कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।
सभापति थापाले कुनै पनि सामग्री सेयर गर्नुअघि त्यसको सत्यता जाँच्न आग्रह गर्दै अत्यधिक सनसनीपूर्ण वा भड्काउ सामग्री प्रायः भ्रामक हुन सक्ने चेतावनी दिएका छन्। 'सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ,' थापाको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस