खुर्सानी खोला नजिकै सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
खबर एक्सप्रेस
२०८२-०२-११ १०:५५ मा प्रकाशित
Total Shares: 119
काठमाडौं,बुटवल-शुक्रवार रातिदेखि परेको पानीका कारण दाउन्ने सडक खण्ड रूपमा अवरुद्ध बनेको छ ।
बर्दघाट नगरपालिका-४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भत्किएपछि राति ११ बजेबाट सडक अवरुद्ध बनेको हो ।
बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भासिएको छ ।
सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम हिँडेका सैयौं गाडी बर्दघाट र दुम्कीवासमा रोकिएका छन् । सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

.gif)




फेसबुक पेज Like गर्नुहोस