एजेन्सी - स्पेनमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या घटिरहेको छ ।

स्पेनी सरकारको अनुसार त्यहाँ लगातार तेस्रो दिन शनिबार दैनिकी मृत्यु घटेको हो। शनिबार स्पेनमा ५ सय १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा पीडित राष्ट्रमध्येको एक स्पेनमा कोरोनाबाट हालसम्म १६ हजार ३ सय ५३ जनाको ज्यान गइसकेको छ भने १ लाख ६१ हजार ८ सय ५२ जना संक्रमित भएका छन्।