यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ वटा निर्णय
काठमाडौं-सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ९ वटा निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदिको बिच भागमा जम्मा भएको नदिजन्य पदार्थ हटाइ व्यवस्थापन गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदि नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै नेपाली सेना, सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधि थप गर्ने निर्णय बैठकले गरेको उनले बताए ।
बैठकले गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । यीसँगै बैठकले अन्य विभिन्न नौ वटा निर्णय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस