काठमाडौं - बीमा क्षेत्रमा निकै विवादास्पद बनेका शेखर बराल अहिले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न व्यापक चलखेलमा लागेका छन् ।

लुम्बीनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुँदा बीमित  र सर्भेयरसंगको मिलेमतोमा नक्कली कागजपत्र बनाएर ठूलो रकम आफुले लिएर इन्स्योरेन्स कम्पनीलाई नोक्सान हुने गरी  ३८ लाख रुपैयाँ दावी भुक्तानी गरेको आरोपमा बराल लाई बीमा समितिले कार्वाही गरेको थियोे उक्त घटनामा बीमकको संस्थागत सुशासन निर्देशिका विपरित कार्य गरेकोले बराल लाई समितिले  १० हजार रुपैयाँ जरिवाना गरेको थियो 

बीमकको संस्थागत सुशासन निर्देशिका बिपरित कार्य गरि  कारवाहीमा परेका व्यक्ति  कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन मिल्दैन बीमा समितिको अनुसार बराललाई बीमा एेन २०४९ को दफा ३६ को उपदफा १ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरेको हो । बराल अहिले राष्ट्रिय बीमा कम्पनीको सिइओ बन्न काङ्ग्रेस नेता कृष्ण प्रसाद सिटौला र प्रधानमन्त्री पत्नी आर्जु राणा मार्फत अर्थ मन्त्री जनार्दन शर्मालाई दबाब दिने गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार सिइओ नियुक्तिका लागि करोडौंको चलखेल समेत भएको बुझिएको छ ।

बीमा कम्पनीमा सिइओ नियुक्ति प्रक्रिया सुरु भएको करिब दुई महिना हुदा पनि नियुक्ति गर्न नसक्नु रहस्यमय कुरा हो। यस विषयमा सिइओ छनोट कमिटीका संयोजक अर्जुन भण्डारीसंग कुरा गर्दा निष्पक्ष ढंगले काम गर्ने बताउदै सट लिस्टमा परेका मध्ये एक नम्बरको ब्यक्ति नै सिइओ बन्ने दाबी गरे भण्डारी अर्थ मन्त्रालयका उपसचीव हुन् ऊनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरिसका एक सफल र आशा लाग्दा कर्मचारी हुन् । भण्डारी नै सिइओ छनोट कमिटीको संयोजक भएकाले कुनै प्रकारको चलखेल हुना नदिने विश्वास सरोकारवालाहरुको रहेको छ ।