काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ७६ लाख ४८ हजार ५५८ मत गणना भएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३७ लाख ८४ मतसहित अग्रस्थानमा छ । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ४९ हजार ६४९ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ५८ हजार ४७७ मत छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ४३ हजार ८०९ मत पाएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार ५४८ मत पाएको छ भने श्रम संस्कृति पार्टीले २ लाख ४९ हजार २७८ मत ल्याएको छ ।

जनता समाजवादी पार्टी, नेपालले १ लाख १२ हजार ६१२ मत ल्याउँदा राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ३ हजार ५७३ मत पाएको छ । 

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ क्षेत्रमा जित निकालेको छ ।