प्रधानमन्त्री ओलीद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल, निर्वाचनको तयारीमा जुट्न निर्देशन
खबर एक्सप्रेस
२०७७-०९-०५ ०९:०७ मा प्रकाशित
Total Shares: 630
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सुरक्षा निकायका प्रमुखसँग बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई आगामी निर्वाचन सफलतपूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन् ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय र प्रधानमन्त्री ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस