नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 35
काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
शुक्रबार सुरु भएको बैठक आइतबार बिहानसम्मका लागि स्थगित भएको थियो । आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राखिरहेका छन् ।
यस्तै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि छलफल भईरहेको छ ।
अधिकांश केन्द्रीय सदस्यहरुले राजीनामा अस्वीकृत गर्नुपर्ने र सभापति थापालाई पदीय दायित्वबाट नभाग्न खबरदारी गरिरहेका छन् ।
थापाको राजीनामाबारे आजको बैठकले औपचारिक निर्णय गर्नेछ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस