प्रचण्डलाई मनाउन ओलीनिकट नेता सक्रिय
काठमाडौं - सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू सक्रिय हुन थालेका छन् । पार्टीका कार्यकारी अध्यक्षलाई सहमतिमा ल्याउन ओली निकट नेताहरु सक्रिय भएका छन् ।
यसैक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। ओलीको सन्देश लिएर उनी खुमलटार पुगेको प्रचण्डनिकट स्रोतले बताएको छ ।
पोखरेल केही समय कुरा गरेर खुमलटारबाट बाहिरिसकेका छन् । प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।
बिहिबार पनि महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रचण्डसँग भेटवार्ता गरेका थिए । कुराकानीका क्रममा प्रचण्डले सहमतिमै अगाडि बढ्ने आश्वासन दिएका थिए । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो १ बजे तय गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस