यातायात मजदुरहरूको सार्वजनिक यातायात बन्द फिर्ता
खबर एक्सप्रेस
२०७९-११-०२ १०:४३ मा प्रकाशित
Total Shares: 133
काठमाडौं - यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।
वार्तामा सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको छ । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।
फेसबुक पेज Like गर्नुहोस