कामीरिता शेर्पाले ३१ औं पटक चढे सगरमाथा
खबर एक्सप्रेस
२०८२-०२-१४ ०९:०५ मा प्रकाशित
Total Shares: 59
काठमाडौं - नेपालका प्रख्यात पर्वतारोही कामीरिता शेर्पाले इतिहास रचेका छन् । मंगलबार बिहान ३१ औं पटक सगरमाथा आरोहण गर्दै उनले आफ्नो नै अघिल्लो रेकर्ड तोडेका हुन् ।
यो सँगै उनी सगरमाथा आरोहणको सबैभन्दा धेरै पटकको विश्व कीर्तिमान राख्ने एक्ला व्यक्ति बनेका छन् ।
गत वर्ष २०७८ वैशाख ३० गते कामीरिताले २९ औं पटक सगरमाथा चढेका थिए भने त्यसको १० दिनपछि जेठ ९ गते ३० औं पटक आरोहण गरेका थिए।
कामीरिताले मंगलबार बिहान ४ बजे ८८४८.८६ मिटर अग्लो सगरमाथाको शिखर चुमेका हुन् । यसपटक उनी २२ जना भारतीय सैनिकहरूसहितको आरोहण टोलीका मुख्य गाइडका रूपमा सगरमाथा पुगेका थिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस