काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन घट्दै गएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेपनि संक्रमण दर नै कम भएको बताएका हुन् ।

उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको प्रवक्ता डा. गौतमको भनाइ छ ।

हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमूना परीक्षण गर्दा १६७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।