चुनावपछि बन्ने नयाँ सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण रहन्छ : प्रचण्ड
काठमाडौं - नेपाली कम्युनिस्ट पाटी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनपछि बन्ने नयाँ सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण रहने दाबी गरेका छन् ।
मंगलबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको दाबी गरेका हुन् । सोहीकारण, निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण रहने उनको तर्क छ ।
प्रचण्डले नेकपा गठन भएपछि ध्रुवीकरणको नयाँ माहौल बनेको भन्दै सबै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नम्बरको पार्टी हुने उनले बताए ।
उनले एमालेमा केपी ओलीको कार्यशैलीप्रति निकै विरोध रहेकाले एमालेकै नेता तथा कार्यकर्ताले फेरि एकताको झन्डा उठाउन सहयोग गर्ने र फेरी सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने धारणा राखेका छन् ।
साथै देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस