केरुङमा अलपत्र ९१ नेपालीको चिनियाँ पक्षद्वारा उद्धार
काठमाडौं - हालैको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्र तहसनहस पारिरहँदा केरुङमा अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई चिनियाँ प्रशासनले खान र बस्नको उचित व्यवस्था गरेको छ।
नेपाल फर्किन चाहने नेपालीलाई सुरक्षित मार्ग प्रयोग गरी स्वदेश फिर्ता गराउन गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा कुटनीतिक पहल सुरु गरिएको छ।
यसैबीच, बाढीमा परी ११ चिनियाँ नागरिक हराइरहेका छन् । उनीहरूलाई बाढीले नेपालतर्फ बगाएको आशंका गरिएको छ । शव पहिचानका लागि चिनियाँ नागरिकको विवरण संकलन गरी डीएनए परीक्षणमार्फत पुष्टि गर्ने प्रयास भइरहेको छ।
वेपत्ता नागरिकको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले भोटेकोशी र त्रिशूली नदीका दुवै किनारमा खोजी कार्य तीव्र बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस