काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई बुधबारलाई सरेको छ ।

शुक्रबार बहस नसकिएपछि बाँकी सुनुवाई बुधबारसम्म सरेको हो ।

यसअघि पनि बुधबार रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस नसकिएपछि मुद्धा 'हेर्दाहेर्दै' को अवस्थामा राखिएको थियो । शुक्रबार बहस नसकिएपछि आउने बुधबारसम्म हेर्दाहेर्दैमा राखिएको हो ।