शशांक कोइरालालाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०५-२३ ०५:४२ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस