राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
खबर एक्सप्रेस
२०८२-०१-२८ ०९:२८ मा प्रकाशित
Total Shares: 51
काठमाडौं - राष्ट्रियसभाबाट आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो ।
आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि जवाफ दिएका थिए ।
उनको जवाफपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि नीति कार्यक्रम निर्णयार्थ पेस भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस