भरतपुर - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य अनिल शर्मा विरही आफनो गृह जिल्ला चितवनबाट पक्राउ परेका छन् ।

चितवनको पुरानो मेडिकल कलेजमा उपचारका लागि गएका बेला उनी पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । मधुमेहका रोगी भएकाले उनी नियमित चिकित्सकको सम्पर्कमा रहने गरेको थिए । विरहीको स्थायी घरपनि चितवनमै हो ।

विप्लव नेतृत्वको नेकपाको १३ सदस्य रहेको पोलिट ब्युरो सदस्यमध्ये एक रहेका विरही हाल पार्टीको प्रकाशन विभाग प्रमुख हुन् ।