सफा हिमाल अभियानका सरदारको निधन
खबर एक्सप्रेस
२०८०-०२-०९ १०:११ मा प्रकाशित
Total Shares: 70
काठमाडौं - नेपाली सेनाको नेतृत्वमा चलिरहेको हिमाल सफाइ अभियानका सरदार समेत रहेका आङकाजी शेर्पाको निधन भएको छ ।
सफा हिमाल अभियान– २०२३ का सरदार शेर्पाको सगरमाथाको दोस्रो शिविरमा सोमबार अचानक निधन भएको हो ।
विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा रहेका शेर्पा अचानक बेहोस भएपछि निधन भएको जनाइएको छ । उनको शव हेलिकप्टरबाट काठमाडौं ल्याएर परिवारलाई बुझाइएको नेपाली सेनाले जनाएको छ ।
यस्तै, सफा हिमाल अभियान अन्तर्गत सगरमाथा सफाइबाट फर्कने क्रममा निधन भएका फुर्वा शेर्पाको शव पनि परिवारलाई बुझाइएको सेनाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस