त्रिशूलीमा खसेको जीप गोताखोरले बाहिर निकाल्यो, मान्छे भटिएनन्
खबर एक्सप्रेस
२०८०-१०-०२ १०:४१ मा प्रकाशित
Total Shares: 76
काठमाडौं,चितवन-त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् ।
प्रहरीका अनुसार बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो त्रिशूली नदीबाट निकालिएको हो ।
बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।
जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस