कुनैपनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग
काठमाडौं - देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्ति र उत्साहपूर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले हालसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य नरोकिए र रोकिएका स्थानमा पुन: सुचारु गरिएको जानकारी गराएकी हुन् ।
उनले निर्वाचन व्यवस्थापनका सबै पक्ष व्यवस्थित रूपमा सञ्चालन भइरहेको उल्लेख गर्दै आम मतदाताले स्वतन्त्र रूपमा उत्साहका साथ मतदान गरिरहेको बताइन् ।
'आम मतदाताहरू एकदमै स्वतन्त्र किसिमले आफ्नो मतदान गरिरहनुभएको छ । अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान रोकिएको जानकारी हामीलाई प्राप्त भएको छैन,’ उनले भनिन् ।
सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापनका विषयमा बोल्दै उनले यस पटकको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अत्यन्तै राम्रो प्रवन्ध मिलाइएको स्पष्ट पारिन्।
साथै निर्वाचन आयोगले मतदान समय बेलुका ५ बजेसम्म कायम रहेको जानकारी दिँदै समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मत प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस