काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ ।

तर उनमा संक्रमणको असर ज्यादै कमजोर रहेको र काम जारी राख्न सक्ने अवस्थामा रहेको ह्वाटहाउसले जनाएको छ ।

७९ वर्षिय राष्ट्रपति बाइडेनमा संक्रमण पुष्टि भएपछि उहाँलाई ह्वाइट हाउसमै छुट्टै राखिएको र आइसोलेसनबाटै काम गर्ने जानकारी प्रेस सेक्रेटरी करिन जाँ पिएरेले दिएका छन ।

सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो सन्देशमा बाइडेनले आफू ठिक रहेको र काम गरिरहेको बताएका छन।

गत बुधबार साँझदेखि नाकबाट पानी बग्ने, थकित महसुश हुने र सुख्खा खोकीको लक्षण देखिएकोमा बिहिबार टेष्ट गर्दा कोरोना पुष्टि भएको थियो ।