शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन
खबर एक्सप्रेस
२०७७-०३-०६ ०५:५८ मा प्रकाशित
Total Shares: 424
काठमाडौं - शिक्षाविद् अङ्गुरबाबा जोशीको आज निधन भएको छ ।
छातीमा समस्या देखिएपछि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत जोशीको ८९ वर्षको उमेरमा आज दिउँसो निधन भएको हो ।
उनलाई १७ वर्षदेखि घाँटीको क्यान्सरको समस्या थियो ।स्वर्गीय जोशी विदेशमा पढ्न जाने पहिलो महिला र नेपालको पहिलो महिला क्याम्पस प्रमुखका रुपमा पनि चिनिन्छिन् ।
फेसबुक पेज Like गर्नुहोस