कक्षा १२ को परीक्षा सञ्चालन गर्न बोर्डले माग्यो अनुमति
खबर एक्सप्रेस
२०७८-०३-२० ०८:२९ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।
साउन तेस्रो वा अन्तिम सातामा कक्षा १२ को परीक्षा सञ्चालनका लागि मन्त्रालयसँग अनुमति मागिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।
कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने अवस्था भएकोले अनुमति माग गरिएको पौडेलले बताए ।
गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस