काठमाडौं - यो साता सेयर बजारमा ४ वटा कम्पनीको २ करोड ११ लाख ६९ हजार ८१.७५ कित्ता सेयर थपिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता दुई वटा निर्जीबन बीमा, एक वटा जीवन बीमा र एउटा विकास बैंकको उक्त सेयर पुँजी बजारमा थपिएको हो । जसमा २ वटा कम्पनीको बोनस, एक वटाको हकप्रद र एक वटाको आईपीओ रहेको छ ।

यो साता हिमालयन जनरल इन्स्योरेन्सको ४ लाख १० हजार ८८० कित्ता बोनस, गुुँरास लाईफ इन्स्योरेन्सको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद, तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ लाख ७३ हजार १।७५ कित्ता बोनस र सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता साधारण सेयर सूचीकृत भएको छ ।