काठमाडौं -  सरकारले चीनबाट औषधिजन्य उपकरण आयात गर्न स्वीकृति दिएको ओम्नी इन्टरनेशनल कम्पनी बालुवाटारबाट संरक्षणप्राप्त यती होल्डिङ्सजस्तै अर्को कम्पनी रहेको छ ।

गलैंचा र गाडीका पार्टपूर्जाहरु आयात गर्ने भनेर सञ्चालित कम्पनीलाई सरकारले विना प्रतिस्पर्धा स्वास्थ्य सामग्री खरीद गर्ने ठेक्का दिएको थियो ।

‘प्रधानमन्त्री निवास बालुवाटार र ओम्नीको सम्बन्ध अहिलेमात्र जोडिएको होइन, तीन अर्बको कम्प्युटर ल्याबको ठेक्का पनि नियम मिचेर यही कम्पनीले पाएको हो । गलैंचा तयारी पोशाक तथा गाडीका पार्टपूर्जा आयात गर्ने तथा सफ्टवेयर उत्पादन गरी निर्यात गर्ने भनेर सञ्चालित कम्पनीले मेडिकल सामग्री आयात गर्ने ठेक्का पाएपछि के हुन्छ ?’

विद्यालयका पाठ्यपुस्तकहरु छाप्ने जनक शिक्षा सामग्रीको साढे ४७ करोडको कागज खरिद गर्ने ठेक्का पनि ओम्नीले नै पाएको छ ।

नयाँ पत्रिका दैनिकबाट