प्रहरीलाई अहिले हतियार किनिँदैन : प्रधानमन्त्री देउवा
खबर एक्सप्रेस
२०७९-०३-३० ०७:१७ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए ।
नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए ।
'प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं' सभापति देउवाले बैठकमा भनेका थिए।
प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस