‘नेकपा फुटेको होइन, नेताहरु अलग्गिएका हुन’
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको मात्रै बताएका छन् । शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको आरोप समेत लगाए ।
उनले आफ्नो पार्टी बैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताएका छन् । ‘हामी बैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनौ । हामी बैधानिक नै छौ भने किन दरखास्त हाल्न जान्छौ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौ रु अदालत, निर्वाचन आयोग ?’
उनले प्रचण्ड माधव पक्ष लाइन लागेर अदालत, निर्वाचन आयोग र सडकमा गएको पनि बताए । ‘सडकमा जानु भएको छ । सत्तोसराप गरेर जनताको मन दुखाउनुभएको छ । कम्युनिष्ट आन्दोलनको हुर्मत लिने, अग्रगमनका बाटाहरु कमजोर पार्ने प्रयास बन्द गर्नुस्’ ओलीले आग्रह गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस