थप ५८६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित ७ हजार नाघे
खबर एक्सप्रेस
२०७७-०३-०३ ०४:३९ मा प्रकाशित
Total Shares: 311
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ५८६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।
उनका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।
फेसबुक पेज Like गर्नुहोस