फेरि नउठने भयो काठमाडौंको फोहोर, २ सय गाडी रोकिए
खबर एक्सप्रेस
२०८२-०१-१९ ०१:१५ मा प्रकाशित
Total Shares: 72
काठमाडौं-काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने २ सय गाडी नुवाकोटका स्थानीयले रोकेका छन् ।
फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका हुन् ।
स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका–१ मा रोकिदिएका छन् ।
बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।
फेसबुक पेज Like गर्नुहोस