काठमाडौं - दशैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ ।

यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच भएको छलफलमा १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो ।

दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

यसअघि दशैंका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भएपनि सरकार र यातायात व्यवसायीबीच सहमति जुट्न सकेको थिएन ।