प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चमा बहस सुरु
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धमा दायर भएका रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा बहस सुरु भएको हो । विघटन गर्ने निर्णयविरुद्ध अदालतमा १३ रिट निवेदन दर्ता भएका छन् ।
जसमा साधारणतर्फका १२ वटा रिटको पेशी आजलाई तोकिएको छ भने संवैधानिक इजलासमा पठाइएको एउटा रि को पेशी आगामी शुक्रबारलाई तोकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् ।
विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले मङ्गलबार रिट निवेदन दायर गरेका थिए भने अन्य सबै निवेदन कानून व्यवसायीबाट परेको हो ।
फेसबुक पेज Like गर्नुहोस