काठमाडौँ - बर्खाको मध्यभागमा आइपुग्दा देशभर डेंगु संक्रमण ह्वात्तै बढेको पाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशका ७२ वटा जिल्लामा डेंगुको सङ्क्रमण फैलिसकेको छ।
सन् २०२६ को जनवरीदेखि हालसम्म सम्ममा देशभर दुई हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ, जसमा सबैभन्दा धेरै पछिल्लो एक महिनामा देखिएका संक्रमित हुन्।
यस्तै यस समयमा डेंगुकै कारण २ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ।
कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी प्रभाव
ईडीसीडीको विवरण हेर्दा प्रदेश तहमा कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित भेटिएका छन।
जसमा कोशी प्रदेशमा ५६८ र गण्डकी प्रदेश ५३२ रहेका छन। यस्तै बागमती प्रदेश ३६५ जना, लुम्बिनी प्रदेश ३४३, सुदूरपश्चिम प्रदेश १०३,कर्णाली प्रदेशमा ४२ र मधेश प्रदेशमा ७२ डेंगु संक्रमित भेटिएका छन।

.gif)


