काठमाडौं - प्रहरी प्रधान कार्यालयले एक प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै लामो समयदेखि गैरहाजिर र सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन अन्तिम मौका दिएको हो ।