क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण
खबर एक्सप्रेस
२०७६-११-३० ११:२७ मा प्रकाशित
Total Shares: 465
काठमाडौं - क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ ।
बिबिसीका अनुसार । यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए ।
ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।
उनलाई कोरोनाको परिक्षण गरेपछि रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस