पाँचथरमा निर्माणाधीन पुल भाँचिएर तीन कामदारको मृत्यु
खबर एक्सप्रेस
१३ घण्टा अगाडि
Total Shares: 31
पाँचथर - मेची राजमार्गको हेवाँ खोला मडुलर ब्रिज भाँचिएर घाइते भएका ६ मध्ये तीन जनाको मृत्यु भएको छ ।
घाइते मध्ये बाराको सिमरा उमनपा १२ का वर्ष २२ का रूपलाल चौधरी, सोही ठाउँका वर्ष २७ का राजन चौधरी र वर्ष २२ का राकेश चौधरीको मृत्यु भएको हो ।
उनीहरूलाई हिजो साँझ जिल्ला अस्पताल पाँचथरबाट टिचिङ अस्पताल बिराटनगर रेफर गरिएको थियो। उनीहरूको शव सोही अस्पतालमा राखिएको छ ।
घाइते अन्य तीन जनाको उपचार जारी छ। ‘लोड’ थाम्न नसकेर बेलीब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस