नेकपाको केन्द्रीय कमिटी बैठक बसेको कार्की ब्यांक्वेटमै ओली समूहको भेला
काठमाडौं - नेकपाका केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौँमा हुँदैछ ।
बुधबार अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली पनि सहभागी हुने बताइएको छ । यसअघि ओलीले आफूपक्षीय भेला बालुवाटारमा राख्दै आएका थिए ।
उक्त कार्की ब्यांकेटमा केहीदिनअघि मात्र नेकपाका संस्थापन पक्ष (प्रचण्ड-नेपाल) ले केन्द्रीय कमिटी बैठक राखेका थिए । केन्द्रीय कमिटीले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् । त्यसपछि नेकपा दुई चिरामा विभाजन भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस