हत्कडीसहित अदालतबाट भागेकी महिला कैदी भारतमा समातिइन्
खबर एक्सप्रेस
२०८२-०१-१५ १०:१९ मा प्रकाशित
Total Shares: 61
काठमाडौं,कैलाली-कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतमा समातिएकी छन् ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको हो ।
दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन् ।
हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।
दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको कैलाली प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस