काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजले १२ वर्षपछि जापानको आसाका उडान गरेको छ । 

नेपाल एयरलाइन्सले वाइडबडी एयरबस३३०–२०० जहाज काठमाडौं–ओसाका–काठमाडौं उडान पूरा गरी बिहीबार साँझ काठमाडौं अवतरण गरेको छ । 

बिहान साढे २ बजे काठमाडौंबाट ओसाकाका लागि उडेको विमान बिहीबार साँझ ७६ जना यात्रु बोकेर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । 

काठमाडौं–जापान सीधा उडान सफलतापूर्वक सम्पन्न भएसँगै निगम पुरानो युगमा फर्किने अपेक्षा गरिएको छ । 

कारोबार दैनिकबाट