सभामुख पदका लागि आज उम्मेदवारी दर्ता
खबर एक्सप्रेस
२०८२-१२-२० ०७:३० मा प्रकाशित
Total Shares: 68
काठमाडौं - प्रतिनिधिसभा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबारमा निर्वाचन हुनेछ ।
तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
संघीय संसद् सचिवालय सिंहदरबारमा उमेदवारी दर्ता गर्न सकिने जनाइएको छ । दिउँसो २ः३० बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ ।
सदनमा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस