१३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक पक्राउ
खबर एक्सप्रेस
२०७७-०५-२६ ०८:५८ मा प्रकाशित
Total Shares: 591
धादिङ - जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् ।
पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए ।
बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस