काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २० हजार ३३२​ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।संक्रमितमध्ये १४ हजार ६ सय ३ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ११ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । मृतकको संख्या भने ५७ पुगेको छ । पछिल्लोपटक पर्सामा थप १ जनाको मृत्यु भएको हो ।