प्रतिनिधिसभा पुर्नस्थापना गराउनुपर्नेमा नेता सिटौलाको जोड
काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा पुर्नस्थापना गराउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौँमा सहिदहरूलाई श्रद्धान्जली एवं प्रतिनिसभा विघटनविरुद्ध आयोजित विरोधसभामा बोल्दै नेता सिटौलाले प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा जोड दिएका हुन् ।
सभालाई सम्बोधन गर्दै नेता सिटौलाले प्रतिनिधिसभा पुर्नस्थापनाको विषय नागरिक र पूरै देशको विषय भएकाले सम्पूर्ण नागरिकले यो विषयमा बोल्न पाउने धारणा व्यक्त गरेका छन् । विघटनको विषय अदालतको मात्र नभएको भन्दै नेता सिटौलाले भने, ‘यो अदालदतको मात्र विषय होइन, नेपाली जनतासँग जोडिएको विषय हो ।’ त्यस्तै, उनले पूर्वप्रधानन्यायाशीशहरुको बारेमा पनि बोल्दै भने ‘पूर्व न्यायमूर्तिहरूले बोले मानहानी भयो भन्ने कुरा आयो , के अदालत भित्रकाले मात्र बोल्न पाउने हो ? पूर्वप्रधानन्यायाधीश, नागरिक समाज ज–जसले बोले त्यो अदालतको अवहेलना होइन सम्मान हो, यो जनताको अधिकार हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनितिधिसभा मात्र नभएर संविधान नै विघटनको अवस्थामा पुगेको बताउँदै नेता सिटौलाले यसले भविष्यमा ठूलो समस्या सिर्जना गर्ने चेतावनी दिए ।
फेसबुक पेज Like गर्नुहोस