काठमाडौं - सरकारले काठमाडौं उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न निर्देशन दिएको छ ।

मंगलबार गृह मन्त्रालयले उपत्यका बाहिरबाट भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएकोप्रति ध्यानाकर्षण भएको बताउँदै होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो । पीसीआर टेष्टका लागि दैनिक हजार भन्दा बढी मानिसहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु पुगेको र अनावश्यक रुपमा स्वास्थ्यकर्मीलाई दबाब बढेको स्वास्थ्यको गुनासो थियो । 

त्यसपछि गृहले तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो ।