भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो
काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक दिल्ली अस्पतालमा ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
यसअघि बिहिबार कर्नाटकमा ७६ वर्षीय वृद्धको भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । भारतमा हालसम्म ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
केरल राज्यमा सबैभन्दा धेरै १९ जनामा भाइरसको संक्रमण देखिँदा महाराष्ट्रमा १४, हरियाणामा १४, उत्तर प्रदेशमा ११,कर्नाटकमा ६,दिल्लीमा ६, लद्दाखमा ३, राजस्थानमा ३,पंजाब, आंध्रप्रदेश र तमिलनाडुमा एक९एक जनामा भाइरसको संक्रमण देखिएको छ ।
भाइरसबाट संक्रमित हुनेमा १६ जना इटाली र १ जना क्यानडाका रहेका छन् । देशभर भाइरसको संक्रमण बढेसँगै भारतले अप्रिल १५ सम्म जारी गरेका सबै भिसा रद्द गरेको थियो ।
यस्तै दिल्ली,ओडिशा, हरियाणा, महाराष्ट्र लगायत अधिकांश राज्यहरुले विद्यालय र कलेजहरु अप्रिलसम्मका लागि बन्द गर्ने घोषणा गरिसकेका छन् ।
धेरै राज्यहरुमा सिनेमा हल, सपिङ मल, जिम, मनोरञ्जन केन्द्रहरु समेत बन्द गरिएका छन् । डब्लुएचओका अनुसार १ सय ३२ देशमा भाइरसको संक्रमण फैलिसकेको छ । १ लाख ३२ हजार ५ सय जनामा हाल विश्वभर भाइरसको संक्रमण देखिएको छ । भाइरसका कारण ४ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस